नेकपा एमालेको अधिवेशनमा भीषण युद्धमा समेत नहुने कुरो हुदैछ । चितवनमा नो भेइकल मुभमेन्ट अर्थात् सवारी साधन निषेध गरेर एम्बुलेन्स सम्म चलाउन नपाउने प्रशासनले घोषणा गरेको छ ।
नेकपा एमालेको चितवनमा हुन लागेको महाधिवेशनमा एमालेले देशैभरबाट कार्यकर्ता उतार्दै छ । एमालेको दसौं राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी चलिरहेको छ। देशभरबाट पाँच लाख कार्यकर्ता भरतपुरमा उतार्ने एमाले अध्यक्ष ओलीको घोषणा छ ।
महाधिवेशनको उद्घाटन कार्यक्रमलाई लक्ष्य गरेर जिल्ला सुरक्षा समितिले मंसिर १० गते साढे आठ घन्टा भरतपुरको मुख्य क्षेत्रमा ‘नो भेइकल मुभमेन्ट’ सवारी निषेध गर्ने निर्णय गरेको छ। यसको अर्थ हुन्छ, त्यो अवधिमा तोकिएको क्षेत्रभित्र कुनै पनि सवारी साधन चल्न पाउने छैनन्।
तर नो भेइकल मुभमेन्टको बिरोध आम सर्बसाधारणले गरेका छन् । ठुला ठुला युद्दमा समेत एम्बुलेन्स सेवा बन्द गरिदैन तर एउटा पार्टीको महाधिवेशनमा एम्बुलेन्स सेवा अबरुद्द गर्नु हास्यस्पद भएको भन्दै जनस्तरबाट बिरोध भएको छ ।
जिल्ला सुरक्षा समितिले ‘नो भेइकल मुभमेन्ट’ भनेको क्षेत्रमा पूर्व–पश्चिम राजमार्गको करिब ५ किलोमिटर र नारायणगढ–मुग्लिन सडक खण्डको करिब २ किलोमिटर पनि पर्छ। महाधिवेशनका लागि लाखौं मान्छे सडकमा आउँदा कुनै पनि सवारी चल्ने वातावरण नभएकाले निषेध गर्नुपरेको चितवन प्रशासनको भनाइ छ।
तर एउटा पार्टीको अधिवेशनमा यसरी कुनै पनि सवारी चल्न नदिनु नो भेइकल मुभमेन्टको तयारी हुनु राज्यको हावादारी निर्णय भएको जनताले बिभिन्न माध्यमबाट गुनासो पोखेका छन् । आज चितवनमा एमाले पार्टीले नो भईकल भन्यो भोली कांग्रेसले काठमाण्डौमा त्यसै भन्ला, पर्सी माओबादीले बिराटनगरमा गर्यो भने सबारी साधन चल्न नदेला यसले जनताको संविधानले नै सुरक्षित गरेको नागरिकको यातायात सेवा उपभोग गर्ने अधिकार कुण्ठित हुने गरी सरकारी निकायबाटै भएको नो भेइकल मुभमेन्टको निर्णय आपत्तिजनक रहेको सर्बसाधारणको बुझाई छ ।