बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

२०-२१ घण्टा लोडसेडिङ हुने मुलुकमा अहिले दैनिक २५० मेगावाटसम्म बिजुली खेर गईरहेको छ


  • बुधबार, मंसिर ८ २०७८
8.3K
SHARES

फाइल तस्विर

केही वर्ष अगाडि सम्म घण्टौँ बिजुली नभएर मोबाइल सम्म चार्ज गर्न नपाउने अवस्था थियो तर अहिले बिजुली खेर गइरहेको छ । अहिले दैनिक २५० मेगावाटसम्म बिजुली खेर गइरहेको खबरहरू सार्बजनिक हुन थालेका छन् । 

स्वदेशमा उत्पादित विद्युत् खेर गइरहेको र त्यसका कारण आर्थिक नोक्सानी भइरहेको सरकारी अधिकारीहरुले बताउँदै आएका छन् । अर्थमन्त्री, ऊर्जामन्त्रीले समेत ५०० मेगावाटसम्म उत्पादित विद्युत् खेर गइरहेको सार्वजनिक कार्यक्रममै बताउँदै आएका छन् ।

तर, आजको दिनसम्म उत्पादित बिजुली कति खेर गइरहेको छ त ? नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशप्रसाद भट्टराई फरक–फरक समयमा फरक–फरक मात्रामा बिजुली खेर गइरहेको बताउँछन् ।

उनका अनुसार बिहानको समयमा बिजुली खेर गएको छैन भने भने रातिको समयमा अधिकतम २५० मेगावाटसम्म बिजुली खेर गइरहेको छ । “बिहानीपखको समयमा बिजुली खेर गएको छैन । तर, दिउँसो २० देखि ४० मेगावाट र रातिको समयमा २०० देखि २५० मेगावाटसम्म बिजुली खेर गइरहेको छ,” उनले भने । तर, कुल उत्पादित बिजुलीमध्ये २० प्रतिशतसम्म खेर गएको बिजुलीलाई प्राविधिक रूपमा खेर गएको भन्न नमिल्ने उनी बताउँछन् ।

समग्र प्रणाली सञ्चालनका लागि कुल उत्पादित विद्युत्मध्ये १५ देखि २० प्रतिशत ‘इनर्जी रिजर्भ’ हुनुपर्ने उनले बताए । “हाम्रो एक हजार मेगावाटको प्रणाली हो भने न्यूनतम २०० मेगावाट खेर जान्छ । नभए हाम्रो सिस्टम चलेको हुँदैन । त्यो भनेको एक हजार मेगावाट विद्युत् माग छ भने एक हजार २०० मेगावाट विद्युत् हामीसँग हुनुपर्छ । सिस्टम चलाउन १० देखि २० प्रतिशतसम्म रिजर्भ राख्नैपर्छ,” उनले भने ।

त्यसो हो भने हालको अवस्थामा विद्युत् खेर गएको मान्ने कि नमान्ने ? भन्ने जिज्ञासामा उनले भने, “प्राविधिक रूपमा विद्युत् खेर गएको मान्न हुँदैन । तर, उत्पादित विद्युत् खेर गएको हो । त्यसले आर्थिक नोक्सानी त हुने नै भयो ।”


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा