शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

गणेशमान पुत्र प्रकाशमानले नेता शेखर कोइराला लाई उटपट्याङ प्रस्ताव नल्याउन भन्दै झपारे..


  • बुधबार, मंसिर ८ २०७८
8K
SHARES

फाइल तस्विर

लौह पुरुष गणेशमान सिंह पुत्र तथा नेपाली काँग्रेसका पूर्व महामन्त्री नेता प्रकाशमान सिंहले शेखर कोइरालालाई झपारेको समाचार बाहिरिएको छ । नेता सिंह निवास चाक्सीवारिमा आफूलाई सभापतिमा समर्थन गर्नुहोस् तपाई प्रधानमन्त्री बन्नुहोस् भन्ने प्रस्ताव लिएर पुगेका शेखरलाई नेता सिंहले ठाडै नचाहिने उट्पट्याङ प्रस्ताव लिएर नआउन भनेको स्रोत बताउँछ । नेता सिंह शेखर कोइराला भन्दा पार्टीमा धेरै सिनियर नेताको रूपमा आफ्नू छवि बनाई सकेका छन् ।

शुक्रबार नेता सिंहलाई भेटेर कोइरालाले प्रधानमन्त्रीको प्रस्ताव गरेका हुन् । स्रोतका अनुसार कोइरालाले नेता सिंहलाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको र त्यसका लागि सभापतिमा समर्थन गर्नुपर्ने माग राखेका थिए ।

नेता कोइरालाको प्रस्ताव सुनेपछि नेता सिंहले सिधै अस्वीकार गरिदिएका थिए । बरु आफूलाई सभापतिमा समर्थन गरेमा नेता कोइरालालाई प्रधानमन्त्री बनाउन सकिने जवाफ दिएको स्रोतले जनाएको छ ।

सिंह कांग्रेसको राजनीतिमा शेखरभन्दा धेरै सिनियर नेता हुन् । शेखरले सिंहलाई होच्याउने गरेर प्रस्ताव राखेपछि कुरा नमिलेको हो ।आफ्नै कोइराला परिवारभित्रबाट असहयोग भएपछि शेखर कोइराला तनाबमा छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा