शनिबार, साउन ९ २०८३
ताजा अपडेट

केपी ओली राष्ट्रका पिता हुन : महेश बस्नेत


  • मंगलबार, मंसिर ७ २०७८
11.9K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘फादर अफ नेशन’ अर्थात राष्ट्रका पिता भनेर सबैले स्वीकारिसकेको बताएका छन् ।

आज मंगलबार काठमाडौँमा एक मिडिया साक्षात्कार कार्यक्रमा बोल्दै नेता बस्नेतले आफूले पनि सचिवमा उम्मेदवारी दिने घोषणा गरे । उनले आफूले पार्टीमा खेलेको भूमिकाको कारण पनि देशभरिबाट आउने महाधिवेशन प्रतिनिधिहरुले अत्यधिक मत दिएर विजयी गराउने पनि बताए ।

नेता बस्नेतले भने, ‘हाम्रो अध्यक्ष केपी ओलीलाई फादर अफ द नेशनको रुपमा युवाहरुले स्वीकार गरेका छन्, यो महाधिवेशनलाई उहाँलाई सर्वसम्मत् अध्यक्ष बनाउँछ भन्नेमा म विश्वस्त छु ।’

पार्टीले यसअघि नै विधान महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेकोले चितवनमा हुने १० औं महाधिवेशनमा नेतृत्व चयन गरिने उनको भनाइ थियो । उनले भने, ‘जनपरिचालनको हिसाबले हामी यो महाधिवेशनलाई धेरै भव्य र ऐतिहासिक बनाउँछौं । कुनै दलले अहिलेसम्म गर्न नसकेको जनसहभागिता गराउँछौं । नारायणी किनारादेखि गैंडाकोट सबै भू–भाग मानवसागरले भरिन्छ ।’

नेतृत्व चयनको विषयमा अनेकखालको बहस हुने गरेको पनि स्मरण गराउँदै उनले थपे, ‘कम्युनिष्ट पार्टी नेताप्रधान होईन, नीति प्रधान हुन्छ भनेर पुष्पलालले भन्नुभएको थियो, तर नेपालमा नेतृत्वलाई विस्थापित गर्ने भूमिका पनि खेलिएको हामीले पाएका छौं, दुईधारको संघर्षको नाममा नोहरुलाई खुईल्याउने, कमजोर बनाउने र विस्थापित गर्ने काम पनि यहाँ भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा