बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

३५१ कोरोना संक्रमित थपिए, ९ को मृत्यु


  • मंगलबार, मंसिर ७ २०७८
11.1K
SHARES

फाइल तस्विर

नेपालमा पछिल्लो २४ घण्टामा ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ७२९ जनाको पीसीआर परीक्षणमा ३१३ र १ हजार ४४५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २७३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा