अनुसन्धानकर्ताहरूका अनुसार कोभिड-१९ विरुद्धका खोपको दुई मात्रा लगाएका मानिसहरूमा पनि सङ्क्रमण सुरक्षामा केही ह्रास भइरहेको पाइएको छ।
यूकेमा फाइजर वा आस्ट्राजेनेकाको दुवै मात्रा लगाइसकेका झन्डै १० लाख मानिसको सन् २०२१ को मे र जुलाई महिनाका बीच भएका पीसीआर परीक्षण नतिजामा आधारित भएर अनुसन्धान गरिएको थियो।
फाइजरको दुई मात्रा लगाएका मानिसमा पहिलो महिनामा सुरक्षास्तर ८८% रहेको भए पनि पाँचदेखि छ महिनापछि त्यो झरेर ७४% मा भएको पाइयो। आस्ट्राजेनेका खोपको हकमा त्यो पाँच महिनामा ७७ बाट झरेर ६७% पुगेको पाइयो। विज्ञहरूका अनुसार यसरी सुरक्षाको स्तरमा ह्रास आउनु अपेक्षित नै हो।
खोप लगाएका केही मानिसमा सङ्क्रमण भइरहेको भए पनि खोपले गम्भीर बिरामी हुन र मृत्यु हुनबाट राम्रोसँग जोगाइरहेको बताइन्छ।
खोप लगाएपछि पनि सङ्क्रमण भएका अधिकांश मानिसमा केही दिनसम्म ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्नेजस्ता लक्षण देखिएको छ। धेरैको अवस्थामा सुधार आए पनि अपवादमा अवस्था जटिल हुने र मृत्युसम्म हुने भनिएको छ ।
स्वास्थ्य जटिल हुनेहरूमा श्वासप्रश्वासको समस्या बढी देखिएको छ। लक्षणहरू पहिलेभन्दा फरक छैनन्। खोप लगाएकाहरू केही दिनको अप्ठेरोपछि समस्याबाट उन्मुक्त भएको पाइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।