शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सचिवमा उम्मेदवारी घोषणा गर्दै बस्नेतले भने – लोकप्रिय मत ल्याएर जित्छु


  • मंगलबार, मंसिर ७ २०७८
9K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको दसौँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले देशभरिका कार्यकर्ताले माया गर्ने भएकाले लोकप्रिय मत ल्याएर सचिव पद जित्ने दाबी समेत गरे ।

‘म दसौँ महाधिवेशनमा एमालेको सचिव पदका लागि उम्मेदवारी दिने घोषणा गर्दैछु’, पत्रकार सम्मेलनमा बस्नेतले घोषणा गरे । बस्नेतले अबको अध्यक्ष र प्रधानमन्त्री केपी ओली नहुने हो भने कम्युनिस्ट आन्दोलन कमजोर हुने भन्दै ओलीलाई साथ दिन आफ्नो उम्मेदवारी अनिवार्य रहेको बताए । उनले कम्युनिस्ट आन्दोलन तोडफोड भइरहेका बेलामा पनि ओलीले नै एकताबद्ध बनाउने काम गरेको दाबी गरे । पाको उमेर समूह, नयाँ र अहिले भूमिका खेलिरहेको पुस्तालाई महाधिवेशनले समेट्नुपर्ने भन्दै आगामी निर्वाचनमा दुई तिहाइ ल्याउन पनि केपी ओलीलाई अध्यक्ष बनाउनुको विकल्प नरहेको बताए । उनले अध्यक्षमा भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे पनि अध्यक्ष ओलीले सर्वसम्मतको प्रयास गर्ने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा