नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको श्रीमती र छोरा काँग्रेसको राजनीतिमा सक्रिय भएका छन् । सोमबार काठमाडौं क्षेत्र नम्बर ७ मा भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट प्रकाशमानका श्रीमती सिर्जना र छोरा प्रभाशमान महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।
प्रकाशमान सिंह सभापतिमा उठ्ने भएपछि श्रीमती र छोरा पनि राजनीतिमा सक्रिय हुँदै महाधिवेशन प्रतिनिधि भएका हुन् । ०३२ सालमा काँग्रेसको क्रियाशील सदस्यता लिएकी भएपनि सिर्जना पछिल्लो समय काँग्रेस राजनीतिमा सक्रिय भूमिकामा आएकी थिइनन् ।
०३६ सालमा काँग्रेस प्रतिबन्धित हुँदा उनी गोरखा नेपाल महिला संघ बहुदल प्रचार प्रसार समितिको संयोजक थिइन् । ०३६ सालदेखि ३८ सालसम्म उनी नेविसंघको क्याम्पस इकाई सभापति पनि भएकी थिइन् । त्यसपछि उनले शंकरदेव क्याम्पसको स्ववियु निर्वाचनमा वर्तमान उर्जामन्त्री पम्फा भुसाललाई कोषाध्यक्षमा पराजित गरेकी थिइन् ।
०४२ सालमा प्रकाशमानसँग बिहे गरेपछि सिर्जना राजनीतिबाट निश्कृय जस्तै थिइन् । यद्यपि काँग्रेस विभाजन हुँदा तथा प्रकाशमान जेलमा भएका बेला ११ औं महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधि भएकी थिइन् । त्यसपछि भने काँग्रेस राजनीतिमा उनको सक्रियता थिएन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।