
२२, असार, काठमाडौं ।
कोपा अमेरिका फुटबलको फाइनल आइतबार राति हुदैछ । उपाधिका लागि ब्राजिल र पेरुबीच प्रतिस्पर्धा हुदैछ ।
माराकाना रंगशालामा नेपाली समयअनुसार राति १ बजेर ४५ मिनेटमा सुरु हुनेछ । पेरुविरुद्ध मैदानमा उत्रिदा ब्राजिल १२ वर्षपछि ठूला प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यमा हुनेछ ।
सेमिफाइनलमा ब्राजिलले अर्जेन्टिनालाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । पेरुले भने अघिल्लो संस्करणको विजेता चिलीलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधिनजिक पुगेको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।