शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एमाले सरकारमा ‘कमब्याक’ हुनेछ, एमालेले बहुमत ल्याउछ : योगेश भट्टराई


  • सोमबार, मंसिर ६ २०७८
11.4K
SHARES

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा प्रचार–प्रसार विभाग प्रमुख योगेश भट्टराईले पार्टीलाई पुनः सरकारमा ‘कमब्याक’ गराउनेगरी अघि बढिने बताएका छन् ।

रिपोटर्स क्लबले शुक्रबार काठमाडौंमा गरेको साक्षात्कार कार्यक्रममा भट्टराईले महाधिवेशन लगत्तै एमाले भिन्नै गतिको साथ अघि बढ्ने र निर्वाचनपछि एमाले पुन: सरकारमा कमब्याक हुने बताएका हुन् । अर्को वर्ष मंसिरमा हुने निर्वाचनमा एमालेले बहुमत ल्याउने उनको दाबी छ ।

अर्को वर्ष मंसिरमा हुने आम निर्वाचन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेले बहुमत ल्याउनेछ । यो महाधिवेशनसँगै एमाले सरकारमा कमब्याक हुनेछ । सरकारमा एमालेको कमब्याक हुन्छ, हुन्छ,” उनले भने ।

उनले आगामी महाधिवेशनमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिने पनि बताए । सहमति नभए हरेक व्यक्तिले आफूले चाहेको पदमा उठ्न पाउने उनको भनाइ छ । भट्टराईले आगामी महाधिवेशनले पार्टीभित्र रहेका सबैखाले तिक्तता कम गर्ने दाबी गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा