शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

योगेश भट्टराई ओलीको पाउमा लम्पसार, ओली नै सर्वसम्मत अध्यक्ष बन्ने उद्घोष


  • सोमबार, मंसिर ६ २०७८
10.9K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टीको १० औं महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने बताएका छन् ।

सचिव भट्टराईले पार्टीको नेतृत्व चयन सर्वसम्मत भए अध्यक्षमा ओली नै चयन हुने बताएका हुन् । शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले विगतका आठौं र नवौं महाधिवेशनमा भएको खुला चुनावले पार्टीलाई विभाजनको तहसम्म पुर्‍याएकाले १०औं महाधिवेशनमा पार्टीको नेतृत्व सर्वसम्मत ढंगले चयन गर्नुपर्नेमा आफूहरूको जोड रहेको बताए।

सचिव भट्टराईले पार्टीमा समूहबन्दीको अवस्था आउन नदिन पनि सहमतिमै नेतृत्व चयन गर्न उपयुक्त हुने बताए । ‘पार्टीको नेतृत्व सर्वसम्मत हुन्छ । त्यो सर्वसम्मत हुने अवस्थामा केपी ओली पार्टीको अध्यक्ष हुनुहुन्छ । मिसन के छ भने एमाले यस पटक सर्वसम्मत ढंगले नेतृत्व चयन गर्ने । किनकि हामीले आठौं महाधिवेशनमा खुला चुनाव गर्‍यौं । नवौंमा पनि खुला चुनाव गर्‍यौं । त्यो चुनावको अनेकौं असल पक्षहरू पनि थिए। तर त्यसको कमजोरी पक्ष के रह्यो भने त्यसले पार्टीमा तलदेखि माथिसम्म समानान्तर विभाजनको अवस्था ल्यायो । समूहबन्दीको अवस्था ल्यायो । पार्टी विभाजनसम्म हामी भोगिराखेका छौं,’ नेता भट्टराईले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा