बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

चिया-खाजा, किराना-कस्मेटिक जस्ता साना पसल कहाँ दर्ता गर्ने?


  • सोमबार, मंसिर ६ २०७८
12.2K
SHARES

फाइल तस्विर

पछिल्लो समय साना लगानीमा चिया, खाजा पसल, कस्मेटिक, पानीपुरी तथा चटपटे र किराना व्यवसाय खुल्ने क्रम बढ्दो छ। कतिपयलाई यस्ता व्यवसाय दर्ता कहाँ गर्ने भन्ने थाहा नभएर गरेका छैनन् भने कतिलाई दर्ता गर्नुपर्छ भन्ने पनि थाहा छैन। कति भने दर्ता नगरी चलिरहेको छ किन गर्नुपर्‍यो भन्नेहरू पनि छन्।

तर जतिसुकै सानो पुँजी भए पनि सामानको खरिद–बिक्री हुने व्यवसाय दर्ता गरेर मात्र चलाउनुपर्छ। व्यवसायको प्रकृति हेरेर विभिन्न निकायमा दर्ता हुन्छ। दर्ता नभए सम्बन्धित निकाय जब अनुगमनमा आउँछन्, कारबाहीमा पर्न सकिन्छ। पहिले साना लगानीका व्यवसाय वाणिज्य विभाग वा साना तथा घरलु कार्यालयमै दर्ता हुन्थे। देश संघीयतामा गएसँगै स्थानीय तहमा दर्ता गर्नुपर्छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय व्यापार तथा व्यवसाय स्थानीय तहमा दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ।

कुन प्रकारको व्यवसाय दर्ता गर्दा कति लाग्छ खर्च?

दर्ता शुल्क तपाईंको व्यवसायको प्रकृतिअनुसार अनुसार लाग्छ। व्यवसाय उत्पादनमूलक हो भने औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार शुल्क लाग्छ।

व्यापारिक फर्म हो भने प्राइभेटका लागि प्राइभेट फर्म रजिष्ट्रेसन ऐन, र साझेदारी व्यवसाय भए साझेदारी फर्म रजिष्ट्रसन ऐनअनुसार शुल्क लिइन्छ।

तर देशभर यति नै शुल्क भनेर निश्चित छैन। सबै स्थानीय तहले आ–आफैंले दर्ता शुल्क निर्धारण गरेकाले सोहीअनुसार  शुल्क लिइन्छ ।

स्थानीय तहले मनोमानी शुल्क लिँदै आएका छन्। प्रदेश र स्थानीय तहले छुट्टाछुट्टै निर्णय गरेर अतिरिक्त शुल्क लिएको गुनासो आएको छ।

औद्योगिक व्यवसाय ऐन बमोजिम लघु उद्योग दर्ता गर्दा शुल्क लाग्दैन। शतप्रतिशत आयकर छुट हुने छ। लघुबाहेकलाई उद्योगको प्रकृति हेरी प्राइभेट फर्म रजिष्ट्रेसन ऐन र साझेदारी फर्म रजिष्ट्रसन ऐन बमोजिम शुल्क लाग्छ।

प्राइभेट फर्म दर्ता गर्दा प्राइभेट फर्म रजिष्ट्रेसन ऐन अन्तर्गत लाग्ने शुल्क यस्तो छः

दस लाख रूपैयाँसम्म पुँजी भएकालाई एक हजार।
दस लाखदेखि पचास लाखसम्म पुँजी भएकालाई पाँच हजार।
पचास लाखदेखि एक करोडसम्म पुँजी भएकालाई दस हजार।
एक करोडदेखि दस करोडसम्मको पुँजीलाई पचास हजार।
दस करोड रूपैयाँ माथिको पुँजी भएकालाई पचहत्तर हजार रूपैयाँ।

साझेदारी फर्म दर्ता गर्दा, साझेदारी ऐन अनुसार लाग्ने शुल्क यस्तो छः

एक लाख रूपैयाँसम्म पुँजी भएकालाई छ सय रूपैयाँ।
एक लाखदेखि तीन लाखसम्म पुँजी भएकालाई दुई हजार।
तीन लाखदेखि पाँच लाखसम्म पुँजी भएकालाई चार हजार।
पाँच लाखदेखि दस लाखसम्म पुँजी भएकालाई सात हजार।
दस लाखदेखि पचास लाखसम्म पुँजी भएकालाई दस हजार।
पचास लाख रूपैयाँभन्दा बढी जतिसुकै पुँजी भएकालाई पन्ध्र हजार रूपैयाँ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा