वरिष्ठ अधिवक्ता तुलसी भट्टले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘थेत्तरो’ र ‘लिचड’को संज्ञा दिएका छन् ।
प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको अगुवाइमा जारी आन्दोलनअन्तर्गत आजको कोणसभामा बोल्दै उनले प्रधानन्यायाधीशबिनै बसेको ‘फुल कोर्ट’ले गरेको निर्णयलाई मानेको भन्दै आक्रोश पनि पोखे ।
“फुल कोर्ट प्रधानन्यायाधीशबिना बस्दैन भन्या छ, तर उनको अनुपस्थितिमा बैठक बस्यो अनि रजिष्ट्रारले ल्याएको कागजमा खुरुखुरु हस्ताक्षर गरेर के गर्न खोजेको ?,” उनले प्रश्न गरे ।
वरिष्ठ अधिवक्ता भट्टले प्रधान्यायाधीश जबराले ढोकामा भोटे ताल्चा लगाएर बसेको भन्दै न्यायाधीशहरूबीच पनि गुट र फुटको प्रयास गरेको आरोप लगाए । “खबरदार ! गुट र फुटमा जाने न्यायाधीशविरुद्ध पनि हामी आन्दोलित हुन नपरोस्,” उनले भने ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।