प्रमुख राजनीतिक दलको महाधिवेशन र सम्मेलनहरू हुँदा स्थानीय स्तरमा धेरै शिक्षक पनि राजनीतिक दलको कार्यकारी भूमिकामा चयन भएका छन् । विद्यालयका शिक्षक र कर्मचारीलाई राजनीतिक दलको कार्यकारिणी समितिमा रहेर काम गर्न प्रतिबन्ध लगाए पनि यो व्यवस्थाको बेवास्ता गर्दै शिक्षकहरू पार्टीको समितिहरूमा निर्वाचित र मनोनीत भइरहेका छन् ।
शिक्षा ऐन २०२८ को दफा १६ (ङ) उपदफा (६) मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समिति (राजनीतिक दलको विधान बमोजिम गठित केन्द्रीय स्तर, प्रदेशस्तर वा स्थानीय तह स्तर) को सदस्य रहेको पाइएमा पदबाट हटाइने उल्लेख गरेको छ ।
शिक्षकहरु पार्टीको झोला बोक्न किन तम्तायर हुन्छन भन्ने प्रश्न आम सर्बसाधारणको रहेको पाईन्छ । नियम र कानुन बिपरित शिक्षक हरुले पार्टीको सदस्यता लिन नहुने विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बताउँछन् । राष्ट्रसेवक कर्मचारी तथा शिक्षकहरू राजनीतिमा लाग्न नहुने उनको भनाई छ तर शिक्षकहरुको दलीय राजनितिमा होमिएका भेटीन्छ्न् ।
‘राष्ट्रसेवक कर्मचारी तथा शिक्षकहरू राजनीतिक दलको कार्यकारिणी पदमा रहनुहुन्न । संविधानले त्यो भनेको छैन । यदि त्यस्तो भएको मन्त्रालयमा लिखित आयो भने प्रक्रिया अनुसार कारबाही अगाडि बढाइन्छ’ उनी भन्छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।