शनिबार, साउन ९ २०८३
ताजा अपडेट

काठमाडौं र ललितपुरका प्रहरी प्रमुख फेरिए


  • आइतबार, मंसिर ५ २०७८
4.9K
SHARES

फाईल तस्बिर

काठमाडौं र ललितपुरका प्रहरी प्रमुख फेरिएका छन्। प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी प्रमुखमा एसएसपी सुदीप गिरीलाई पठाएको छ। गिरी केन्द्रीय अनुसन्धान व्यूरोमा थिए।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको भैरहवा विमानस्थल कार्यालय सरूवा भएको छ। साथै ललितपुर प्रहरी प्रमुख रहेकी एसएसपी किरण बज्राचार्यको प्रहरी मुख्यालयमा सरूवा भएको छ।

उनको ठाउँमा एसएसपी यज्ञविनोद पोखरेललाई पठाइएको छ। पोखरेल यसअघि प्रहरी प्रधान कार्यालय नक्सालमा थिए।

एसएसपी दीपक थापाको तालिम शाखामा सरूवा भएको छ। यस्तै लुम्बिनी प्रहरी प्रमुख डिआइजी मुकुन्दराज आचार्य लागुऔषध नियन्त्रण व्यूरोमा तानिएका छन्। उनको ठाउँमा डिआइजी प्रकाश अधिकारीलाई पठाइएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा