शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सुनौलो अवसर : बेलायतले कामदार भिसामा १० हजार नेपाली लैजाने, तलब साढे २ लाख !


  • शनिबार, मंसिर ४ २०७८
11.5K
SHARES

संकेत तस्बिर

बेलायतले कामदार भिसामा १० हजार नेपाली लैजाने तयारी गरेको छ । कामदार भिसामा १० हजार नेपाली नर्सलाई बेलायत पठाउने तयारीको प्रक्रिया थालनी गरेको छ ।

गत शुक्रबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले बेलायतमा कामदार भिसामा १० हजार नेपाली नर्स पठाउने प्रकृया थालिएको बताएका हुन् ।

मन्त्री श्रेष्ठका अनुसार नेपाल र बेलायतबीच अबको केही समयभित्रै यससम्बन्धी सम्झौता हुनेछ र सन् २०२२ को मध्यतिरबाट रोजगारीका लागि नेपाली नर्स बेलायत पठाउन थालिनेछ ।

नेपालस्थित बेलायती राजदूतावासले नै मन्त्रालयसँग सरकारी तहको सम्झौता गरेर १० हजार नेपाली नर्स लैजाने प्रस्ताव गरेको हो । सो प्रस्तावमाथि छलफल गरी श्रम सम्झौताको खाका बनाउन थालिएको सचिव गौतमले जानकारी दिए ।

सन् २००५ मै बेलायतले चार हजार नेपाली नर्सलाई बेलायतमा रोजगारी दिने प्रस्ताव गरेको थियो । तर, त्यतिबेला नेपालले प्रकृया अघि बढाउन नसक्दा रोजगारीको अवसरबाट बञ्चित हुनपरेको थियो ।

मन्त्रालयका अनुसार श्रम सम्झौता भएपछि बेलायत पठाइने नर्सको तलब मासिक साढे दुई लाखभन्दा बढी हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा