शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एमालेलाई सिद्धाउन अन्य १० दल आए पनि सक्दैनन् : ओली


  • शनिबार, मंसिर ४ २०७८
10.6K
SHARES

फाइल तस्विर

नेकपा एमाले अध्यक्ष केपी ओलीले एमाले पार्टीलाई सिद्धाउन अन्य दश दल आए पनि नसक्ने बताएका छन् ।

आज काठमाण्डौँमा भएको एक कार्यक्रममा एमाले लाई सिद्धाउन नसक्ने र पाँच दलको गठबन्धनले कुनै हालतमा एमालेलाई जित्न नसक्ने समेत दाबी गरेका छन् । एमाले पार्टीलाई कसैको बैसाखी नचाहीने भन्दै चुनावमा एमाले पहिलो पार्टी हुने समेत बताएका छन् ।

नेकपा एमाले जनताको पार्टी भएको बताउँदै कुनै तागतले एमाले पार्टीलाई आगामी चुनावमा छेक्न नसक्ने बताएका छन् । आफू सरकारमा भएका बेला जनताका हरेक समस्या सम्बोधन गरेको स्मरण गर्दै आगामी चुनावमा पुन जनताबाट अनुमोदित भएर सत्तामा पुग्ने ओलीको सङ्केत थियो ।

एमाले अध्यक्ष ओलीले पाँच दलिए गठबन्धन चुनावमा लड्न आए पनि एमाले एक्लै काफी रहेको बताएका हुन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा