नेपालमा घरजग्गाको मूल्य वृद्धिदरमा वाणिज्य बैंक र मालपोत कार्यालयको तथ्यांक अमिल्दो देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको घरजग्गा मूल्य सर्वेक्षण, २०७८ अनुसार वाणिज्य बैंक र मालपोत कार्यालयको तथ्यांक केलाउँदा घरजग्गाको मूल्य वृद्धिदर फरक फरक देखिएको हो ।
आर्थिक वर्ष आर्थिक वर्ष २०७६/७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्याङ्कको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत रहेको पाइएको छ । तर, मालपोत कार्यलयबाट प्राप्त तथ्याङ्क केलाउँदा यस्तो मुद्रास्फीति १९.७३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा घरजग्गाको मूल्यवृद्धि वाणिज्य बैंकको तथ्यांकअनुसार १६.३१ र मालपोत कार्यालयको तथ्यांकअनुसार १२.५७ प्रतिशत रहेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ को पहिलो नौमहिनामा घरजग्गाको कारोबार घटेकाले मुद्रास्फीति केही कम रहेको राष्ट्र बैंकले तयार गरेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार यो प्रतिवेदन सार्वजनिक गरेका हुन् । अबदेखि राष्ट्र बैंकले प्रत्येक तीन महिनामा घरजग्गा मूल्यबारे प्रतिवेदन सार्वजनिक गर्ने भएको छ ।
बैंकले देशभरमा २० जिल्लालाई नमूना मानेर घरजग्गा सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको हो । बैंकबाट जारी गरिने मौद्रिक नीतिका प्रमुख उद्देश्य मूल्य स्थिरता र वित्तीय स्थिरता हासिल गर्न तथा समष्टिगत विवेकशील नियमन तर्जुमाको सन्दर्भमा घरजग्गा मूल्य सूचकाङ्क महत्वपूर्ण हुने सन्दर्भलाई दृष्टिगत गर्दै घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी यो प्रतिवेदन तयार गरिएको केन्द्री बैंकले जानकारी दिएको छ । नेपालमा पहिलोपटक घरजग्गा मूल्य सर्वेक्षण गरिएको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।