शनिबार, साउन ३० २०८३
ताजा अपडेट

विमानस्थलबाट दुई किलो सुन बरामद


  • शुक्रबार, मंसिर ३ २०७८
8.7K
SHARES

सांकेत तस्विर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद भएको छ । शुक्रबार दुबईबाट आएका दुई यात्रुको साथबाट सुन बरामद भएको हो।

सुन बरामद भएपछि प्रहरीले दाङका सीताराम चौधरी र सिरहाका सरोज सहानीलाई पक्राउ गरेको छ ।

विमानस्थल प्रहरी सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले अनलाइनखबरसँग भने, ‘तरल बनाएर सुन ल्याएको देखिएको छ, परीक्षणको लागि प‍ठाउने तयारी गरिरहेका छौ।’

उनीहरूले भित्री वस्त्रमा फल्स बटम बनाएर नेपाल एयरलाइन्सको जाहजमा चढेर सुन ल्याएको प्रहरीको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा