शनिबार, साउन ३० २०८३
ताजा अपडेट

हामी अरु जान्दैनौं, चोलेन्द्रलाई मान्दैनौं : कानून व्यवसायीको नारा


  • शुक्रबार, मंसिर ३ २०७८
14.4K
SHARES

फाइल तस्विर

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरूले शुक्रबार पनि सर्वोच्च अदालत परिसरमा चर्का नारा लगाएका छन् ।

नेपाल बार एशोसिएसनको अगुवाइमा शुक्रबार सर्वोच्च परिसरमा भेला भएका कानून व्यवसायीहरुले कर्मचारीहरुलाई झ्याल खोलिदिन आग्रह गर्दै ‘हामी अरु जान्दैनौं, चोलेन्द्रलाई मान्दैनौं’ भन्दै नाराबाजी गरेका हुन् । आफूहरुको आवाज प्रधानन्यायाधीश जबराले सुनुन् भनेर उनीहरुले कर्मचारीहरुलाई झ्याल खोलिदिन आग्रह गरे ।

सर्वोच्च परिसरमा केहीबेर नाराबाजी गरेर कानून व्यवसायीहरु नेपाल बार एशोसिएसनको कार्यालयमा फर्किएर कोणसभा गर्नेछन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै कानून व्यवसायीहरुले १४ कात्तिकदेखि विरोध प्रदर्शन गर्दै आएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा