शनिबार, साउन ९ २०८३
ताजा अपडेट

रेफ्रीविरुद्ध अर्जेन्टिना फुटबल संघको उजुरी


  • शनिबार, असार २१ २०७६
25.1K
SHARES

अर्जेन्टिना फुटबल संघले रेफ्रीविरुद्ध उजुरी दक्षिण अमेरिकी फुटबल महासंघमा उजुरी गरेको छ ।

कोपा अमेरिकाका सेमिफाइनलमा ब्राजिलसँग २–० ले हार्नुमा अर्जेन्टिनाका प्रशिक्षक र कप्तान लियोनेल मेसीले रेफ्रीलाई दोष लगाएका थिए ।

रेफ्री रोड्डी जाम्ब्राना नेतृत्वको टिमले ब्राजिलको पक्ष लिएको अर्जेन्टिनी फुटबल संघको आरोप छ ।

ओटामेन्डी र सर्जिओ एग्युरोलाई फउल गर्दा रेफ्रीले पेनाल्टी नदिएको उसको आरोप छ । एग्युरोलाई फउल गरे लगतै ब्राजिलले दोस्रो गोल गरेको थियो ।

दुबै घटनामा रेफ्रीले भीएआर प्रयोग नगरेकोमा असन्तुष्टि जनाउँदै संघले भनेको छ, ‘यदि त्यसो भएको भए रिजल्ट अर्कै हुने थियो । यसमा कुनै शंका छैन ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा