२ मंसिर, काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ४ प्रदेश ‘ख’ अधिवेशनका लागि रामप्रसाद लुइँटेलको प्यानल घोषणा भएको छ ।
चाबहिलस्थित एक पार्टी प्यालेसमा आयोजित एक भेलाबाट बुधबार लुइँटेलको नेतृत्वमा प्यानल घोषणा भएका हो ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत मंसिर ३ गते निर्वाचन क्षेत्र प्रदेशहरूको अधिवेशन देशभर हुँदैछ । सोही अधिवेशनका लागि काठमाडौँ क्षेत्र नं ४ को प्रदेश ‘ख’ का लागि रामप्रसाद लुइँटेलले आफ्नो प्यानल घोषणा गरेका हुन् ।
लुइँटेल नेतृत्वको प्यानल यस प्रकार छः
सभापतिः रामप्रसाद लुइँटेल
उपसभापतिः श्यामकृष्ण श्रेष्ठ
उपसभापतिः दिलीप खत्री
सचिवः मनोज सिग्देल
सचिवः अम्बिका राना
सहसचिवः मदनदास श्रेष्ठ
सहसचिवः प्रमोद अधिकारी
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।