बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

थपिए २९९ संक्रमित, निको भए २६०


  • बिहिबार, मंसिर २ २०७८
11K
SHARES

फाइल तस्विर

नेपालमा थप २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २९९ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ११ हजार १५१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ७ हजार ८६३ जनाको पिसिआर परीक्षण र ३२८८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ७ हजार ६४२ जना सक्रिय संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ।

२६० जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।

त्यस्तै, काठमाडौं उपत्यकामा १२० थपिएका छन्। जसमध्ये काठमाडौंमा ९०, ललितपुरमा २५ र भक्तपुरमा ५ संक्रमित छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा