शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

राणालाई बल पुग्ने न्यायाधीशको कार्य स्वीकार्य हुँदैन


  • बिहिबार, मंसिर २ २०७८
11.6K
SHARES

फाइल तस्विर

सर्वोच्च अदालत बार एसोसिएसन अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बल पुग्ने गरी कुनै पनि कार्य नगर्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।

बिहीबार दिउँसो साढे १ बजे बस्न लागेको फुलकोर्ट बैठकमा न्यायाधीशहरू सहभागी हुन लाग्दा शाक्यले सो बताएका हुन् । राणालाई बल पुग्ने कुनै कार्य भएमा आफूहरूलाई स्वीकार्य नहुने उनको भनाइ छ ।

न्यायाधीशहरूबाट राणालाई बल पुग्ने कुनै कदम चालेमा स्वीकार्य हुनेछैन’, उनले भने, ‘उहाँ डुब्दै गएको घाम हो । उहाँलाई साथ दिने पनि डुब्छन् । हामी जितको नजिक छौं ।’

राणाले गोला लिने र सुनुवाइ गर्ने काम भए आपत्तिजनक हुने उनको भनाइ छ । बेन्च सेयर गर्ने इजलासमा बहस नगर्ने अध्यक्ष शाक्यले चेतावनी दिए । बिहीबार धर्नामा कानुन व्यवसायी घाइते हुने गरी भएको प्रहरीको बलप्रति उनले आपत्ति जनाए ।

यस्तै, बारका पूर्व अध्यक्ष हरिहर दाहालले बारको आन्दोलनमा प्रहरी हस्तक्षेप बन्द गर्नुपर्ने बताए । उनले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरी दमन बन्द गर्न चेतावनी दिए ।

‘प्रहरी हटाउनुस् । गृह प्रशासनसँग मिलेर कुनै अप्रिय घटना भएमा प्रधानन्यायाधीश राणा जिम्मेवार हुनेछन्’, उनले भने ।

राणाले राजीनामा नदिने भन्दै उनले भने, ‘सितिमिति राणाले छोड्ने अवस्था छैन । पोखरामा तोकिएको राष्ट्रिय सम्मेलन काठमाडौँमै गरौँ । तीन हजार साथीहरू सडकमा राखेर प्रदर्शन गर्न सकियो भने प्रभावकारी हुन्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा