बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

रामप्रसाद लुइँटेलकाे प्यानल घोषणा


  • बिहिबार, मंसिर २ २०७८
9.6K
SHARES

फाइल तस्विर

सत्तासिन पार्टी नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत काठमाडौँ क्षेत्र नं ४ को प्रदेश ख को सभापति पदका लागी रामप्रसाद लुइँटेलले आफ्नो प्यानल घोषणा गरेका छन् ।

निर्वाचन क्षेत्र प्रदेशहरूको अधिवेशनका लागि देशभरका काँग्रेस कार्यकर्ताहरू होमिएका छन् । अधिवेशनको दिन नजिकिएसँगै प्रत्यासीहरूको सक्रियता पनि बढेको छ । यसैबिच लुइँटेलले आफ्नो प्यानल घोषणा गरेका छन् ।

चाबहिलस्थित एक पार्टी प्यालेसमा आयोजना गरीएको कार्यक्रममा लुइँटेलले इकाई सभापतिहरूमाझ आफ्नो प्यानल सार्वजनिक गरेका छन् । प्रदेश ख को सभापति दाबी गरेका लुइँटेलको प्यानलमा उपसभापति द्वय श्यामकृष्ण श्रेष्ठ र दिलीप खत्री छन् भने सचिव मनोज सिग्देल र अम्बिका राना साथै सहसचिवमा मदनदास श्रेष्ठ र प्रमोद अधिकारी रहेका छन् ।

सभापतिको दाबेदार लुइँटेलका अनुसार लोकतान्त्रिक मूल्य र मान्यता लाई आत्मसाथ गर्दै यो अधिवेशनमा आफ्नो प्यानल विजयी हुने बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा