शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पदमा बसेर काम नगरेकाहरूले आफू विरुद्ध कु प्रचार गर्दै हिँड्न सुहाउँदैन : प्रकाशमान


  • बुधबार, मंसिर १ २०७८
8.1K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका पुर्ब महामन्त्री तथा पुर्ब उपप्रधान मन्त्री प्रकाशमान सिह ले पदमा बसेर काम नगरेकाहरुले आफूविरुद्ध कुप्रचार गर्दै हिडेको आरोप लगाएका छन् ।

विराटनगरमा बुधबार गणेशमान सिंह स्मृति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा नेता सिंहले पार्टीमा सम्भाव्ययताको बहस हुने गरे पनि आफूविरुद्ध टिप्पणी गर्नेहरू असभ्य भएको भन्दै असन्तुष्टि पोखेका हुन् ।

कांग्रेस महामन्त्री शशांक कोइरालाले प्रकाशमान सिंहलाई काठमाडौँ बाहिर कसैले नचिन्ने भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले आफू ‘ग्रासरुट’ बाट राजनीति र संगठन गरेर आएको मान्छे भएको बताए । उनले पदमा बसेर काम नगरेकाहरुले आफूविरुद्ध कुप्रचार गरेको उल्लेख गरे ।

‘संविधान जारी हुँदा उपप्रधानमन्त्री भएको मान्छे हुँ, गिरिजाप्रसाद कोइरालाको उपसभापति, सुशील कोइरालाको निर्वाचित महामन्त्री र शेरबहादुरले पार्टी विभाजन गर्दा पनि जिम्मेवार पदमा बसेर काम गरेको मान्छे हुँ म’, शशांकप्रति लक्षित गर्दै उनले भने, ‘आफू कुनै पदमा बसेको छैन, अरुलाई पनि त्यही देख्ने, भन्दै प्रश्न उठाएका छन् ।

नेता सिंहले पहिले पहिले काठमाडौँले पनि नचिन्ने भन्दै आफूविरुद्ध प्रचार भए पनि पछिल्लो समय काठमाडौँ बाहिर कसैले नचिन्ने भन्दै दुस्प्रचार नियतवह हुन थालेको भन्दै आक्रोश पोखे । १२औं महाधिवेशनमा सभापति सुशील कोइरालाले भन्दा बढी मत ल्याएर महामन्त्री जितेको भन्दै उनले अहिले आफूसँग भोट छैन भन्नेहरुले इतिहास हेर्न चेतावनी दिए ।

‘पहिले काठमाडौँमा चिन्दैन भन्थे अहिले काठमाडौँमा चाहिँ चिन्छ, बाहिर चाहिँ चिन्दैन भन्छन्’, उनले भने । नेता सिंहले आफ्नो राजनीतिक इतिहास पल्टाएर हेर्न पनि आग्रह गरे । आफू गणेशमान र मंगलादेवीको छोरा भए पनि पार्टी र देश संकटमा पर्दा ज्यानको बाजी राखेर आन्दोलनमा होमिएको बताए । ‘हो म गणेशमान र मंगलादेवी सिंहको छोरा हुँ र म पार्टी संकटमा हुँदा ज्यान बाजी राखेर काम गरेको मान्छे पनि हुँ’, उनले भने, ‘त्यतिबेला अहिले मै हुँ भन्ने नेता कहाँ थिए सबैलाई याद हुनुपर्‍यो नि ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा