काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पश्चिम नेपाल तताउने भएका छन् । ओली आज नेपालगञ्ज जाँदै छन् ।
राजपका पूर्वसहमहामन्त्री पशुपति दयाल मिश्रलाई एमालेमा भित्र्याउन अध्यक्ष ओली त्यसतर्फ जान लागेका हुन् ।
२०७४ सालको संघीय सांसदको निर्वाचनमा स्वतन्त्र समुहको नाममा मिश्रले सूर्य चिन्हबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।
हृदयेश त्रिपाठी निकट मानिएका मिश्र एमलेमा प्रवेश गर्ने भएपछि नेपालगञ्जका एमाले नेता कार्यकर्ता उत्साहित भएका छन् ।
राजनीतिक रुपमा बलियो पकड भएका मिश्र २०७४ को निर्वाचनमा राजपाका इस्तिहाक राईसँग ५ हजार ६ सय मतको अन्तरले पराजित भएका थिए ।
आजको कार्यक्रममा राजपाका पूर्व केन्द्रीय सदस्य करिम खानसहित ३ हजार भन्दा बढी अन्य पार्टीका कार्यकर्ता एमाले प्रवेश गर्ने नेपालगञ्ज उपमहानगरपालिकाका अध्यक्ष दत्तप्रसाद आचार्यले जानकारी दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।