आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

राष्ट्रिय जनगणना २०७८ : गलत तथ्याङ्क आउने निश्चित, आफूखुशी विवरण भर्ने गणक पक्राउ


  • बुधबार, मंसिर १ २०७८
12.6K
SHARES

फाइल तस्विर

काठमाडौँ – राष्ट्रिय जनगणना २०७८ जारी छ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराका साथ देशभर कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म जनगणना हुँदैछ ।

प्राप्त खबर अनुसार जनगणना गर्न खटिएकी एक महिला गणक पक्राउ परेकी छन् । सोमबार गणक विना थापा लमजुङबाट पक्राउ परेकी हुन् ।

धर्मको महलमा स्थानीयहरूले बौद्ध भन्दाभन्दै गणक थापाले हिन्दू लेखेपछि स्थानीयले नै नियन्त्रणमा लिएर गणक थापालाई सिडिओ कार्यालय पुर्‍याएका थिए ।

स्थानीय, जनप्रतिनिधि र विभिन्न राजनीतिक दलहरुबीचको छलफलपछि गणक थापालाई छाडिएको जिल्ला प्रशासन कार्यालय, लमजुङ्ग सूचना अधिकारी जगदिश मिश्रले जानकारी दिए ।

गणक थापाले भुलवस गल्ति भएको स्वीकार गरेको र अब यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता गरेपछि उनलाई छाडिएको मिश्रले बताए ।

पहिलो चरणमा सुपरिवेक्षकहरुबाट गत भदौ ३० देखि असोज १८ गतेसम्म जिल्लामा घर तथा घरपरिवार सूचीकरण गर्ने कार्य सकिसकेको थियो ।

जनगणनामा धर्म, संस्कृति र भाषामाथि प्रहार गर्न षडयन्त्र भएको भन्दै जनजाति अभियान्ताहरुले चर्को विरोध गरिरहेका छन् ।

जनजाति अभियान्ता आङ्काजी शेर्पाले तथ्याङ्कमा गडवड भए तथ्याङ्क विभागका अधिकारीहरुलाई कालो मोसो दल्ने चेतावनी दिइसकेका छन् ।

युरोपियन युनियन, युनिसेफ, युएनडिपी, जाइका लगायतका अन्तराष्ट्रि संस्थाहरुको प्रलोभनमा परेर तथ्याङ्क विभागले जनगणनामा ठूलो चलखेल गर्ने ठाउँ राखेको शेर्पाको भनाई छ ।

आर्थिक गणना २०७५ देखि राष्ट्रिय जनगणना २०७८ सम्म तथ्याङ्क विभागमा भएका अनियममितता, अन्तराष्ट्रिय गैरसरकारी संस्था सँगको अबैध कारोबार, तथ्याङ्क खरिद विक्री लगायतका विषयमा तयार पारिएका सामाग्री नियमित प्रशारण गर्दै जानेछौँ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा