नेपाली राजनीतिमा अत्यन्तै चर्चित नाम हो, लेण्डुप । लेण्डुप प्रवृत्ति, लेण्डुप दोर्जे हुन लागेको नेता आदि भनाइ चली रहन्छन् । स्वतन्त्र राष्ट्र सिक्किमका अन्तिम प्रधानमन्त्री लेण्डुप दोर्जे सिक्किम प्रान्तका पहिलो मुख्यमन्त्री पनि हुन ।
स्वतन्त्र राष्ट्र सिक्किमलाई भारतमा विलय गर्नको लागि भारतले प्रयोग गरेका नेता हुन लेण्डुप दोर्जे । त्यसैले, लेण्डुप दोर्जेलाइ दक्षिण एसियामानै देशद्रोही र गद्दारीको पर्यायको रूपमा चित्रण गरिन्छ ।
सिक्किमलाई भारतमा विलय गर्न प्रयोग भएका नेता त्यस पछि भने करिब तिन दशक सिक्किम बाहिर बसे, सन २००७ मा उनको निधन भयो । स्वतन्त्र राष्ट्र लाइ भारतको जिम्मा लगाउने निर्णय गर्ने पार्लियामेन्टको नेतृत्व गर्ने प्रधानमन्त्री भएको हुनाले दोष सबै लेण्डुपकै थाप्लोमा गाएको हो ।
लेण्डुप दोर्जे स्वतन्त्र राष्ट्र सिक्किमका वासिन्दा थिए । सिक्किम आफ्नो छुट्टै अस्तित्व भएको नेपाली मुलका नागरिकको बसोबास रहेको राष्ट्र थियो ।
जसको नेपालसंगको सम्बन्ध प्रगाढ थियो । तर कुनै समयको स्वतन्त्र राष्ट्र सिक्कम लोण्डुप दोर्जेकै गद्दारीका कारण भारतमा विलायो । अर्थात स्वतन्त्र सिक्किम भारतको कब्जामा गयो । त्यसैले लेण्डुप दक्षिण एसियाकै राजनीतिमा इतिहासकै लाल गद्दारको रुपमा चिनिन्छन् । आफ्नै माटोप्रति गद्दारी गर्ने लेण्डुप देशद्रोह र गद्दारीको पर्याय थिए ।
देश बेचेर सत्ताको शिखरमा आजन्म बस्ने सपना बुनेका गद्दार थिए लेन्डुप त्यसैले हाम्रा नेताहरू लेन्डुप प्रवृत्तिको नाम रटान लाई रहन्छन् ।