प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री राम नरेश रायलाई बर्खास्त गरेका छन्। नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन उनलाई बर्खास्त गरिएको हो।
यसअघि कात्तिक २८ मा मुख्यमन्त्रीले निवासमै बोलाएर मन्त्री रायलाई राजीनामा गर्न आग्रह गरेका थिए। तर उनले मानेका थिएनन्। मन्त्रीलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा आएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ।
एकीकृत समाजवादीलाई उक्त मन्त्रालय दिने सहमति भएको छ।
एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रदेश सरकारको तयारी छ। यद्यपि अर्को मन्त्रालय कुन दिने टुंगाो लागिनसकेको स्रोतले जनायो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।