बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

कोरिया जने मनसायमा हुनुहुन्छ ? कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो !


  • मंगलबार, कार्तिक ३० २०७८
6.9K
SHARES

संकेत तस्बिर

कोरियन भाषा परीक्षा (सीबीटीतर्फ) आगामी पुसमा हुने भएको छ। वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार कोरियन भाषा परीक्षा पुस १ देखि ७ गतेसम्म सञ्चालन गरिने भएको हो।

परीक्षा सकिएको १ महिनामै नतिजा प्रकाशन गरिने ईपीएस शाखाले जनाएको छ। कोरियाले नेपाली श्रमिक उत्पादन, कृषि तथा पशुपालन क्षेत्रका कामका लागि लाने गरेको छ।

भाषा परीक्षामा सहभागी हुन आगामी मंसिर ६ देखि ८ गतेसम्म आवेदन दर्ता गराइसक्नुपर्ने सूचनामा उल्लेख छ।

आवेदन अनलाइनबाट दर्ता गर्नुपर्नेछ। आवेदन फारम भरिसकेपछि प्रवेशपत्र डाउनलोड तथा प्रिन्ट गरी सुरक्षित राख्न ईपीएस शाखाले आग्रह गरेको छ।

परीक्षा शुल्क अमेरिकी डलर २४ तोकिएको छ। राष्ट्र बैंकले तोकेको विनिमयदरका आधारमा उक्त रकम बराबरको नेपाली रुपैयाँ ग्लोबल आईएमई बैंकको खातामा जम्मा गर्न भनिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा