शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

प्रधान्यायाधीशको च्याम्बरमै धर्ना दिने बारको चेतावनी


  • मंगलबार, कार्तिक ३० २०७८
11.7K
SHARES

फाइल तस्विर

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको च्याम्बरमै धर्ना दिने चेतावनी दिएको छ ।

आफ्ना माग सम्बोधन नभए प्रधानन्यायाधीश राणाको च्याम्बरमै पुगेर विरोध जनाउने बारले चेतावनी दिएको हो । दुई साताभन्दा लामो समयदेखि प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको बारले गत आइतबारदेखि सर्वोच्च अदालतकै गेटमा धर्ना दिँदै आएको छ ।

सोही क्रममा मंगलबार धर्नालाई सम्बोधन गर्दै बार महासचिव लिलामणि पौडेलले बारको कुरा नसुन्ने हो भने प्रधानन्यायाधीशकै कुर्सीमा पुगेर धर्ना दिने चेतावनी दिए ।

इजलासमा फर्किने तयारी गरेका न्यायाधीशलाई खबरदारी गर्दै उनले आन्दोलन असफल पार्ने कदम नचाल्न चेतावनी पनि दिए ।

उनले भने, ‘बारको आन्दोलन समग्र न्यायाधीश र सेवाग्राहीका लागि हो । न्यायका लागि हो । त्यसकारण न्यायाधीशले साथ दिनुपर्छ । विपक्षमा गएर विरूद्वमा नलाग्नुस् ।’

राणालाई बहिर्गन हुन पुनः अनरोध गरेका उनले अन्यथा सडकमा जाने र कार्यसमिति बैठक बसेर थप आन्दोलन कार्यक्रम तय गरिने जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा