हुम्लाको मध्ये भेगमा रहेको सर्केगार्ड गाउँपालिकामा आइतबारदेखि ताला लगाइएको छ । बाल विकास केन्द्रका सहजकर्ता र विद्यालयका कर्मचारीले बढेको तलब गाउँपालिका नदिएको भन्दै पालिकामा ताला लगाएका हुन् ।
गाउँपालिका बाल विकासका सहजकर्ता र कर्मचारीको तलब वृद्धिका लागि गम्भीर नदेखिएपछि आइतबार बेलुकाबाट ताला लगाएको प्रगति प्राविका सहजकर्ता रुप्सी छत्यालले बताउनुभयो । सर्केगाड गाउँपालिकाले वृद्धि भएको तलब नदिएको भन्दै सबै सहजकर्ता र विद्यालयका कर्मचारी मिलेर तालाबन्दी गर्नुपरेको छत्यालले बताउनुभयो ।
जिल्लाका अधिकांश गाउँपालिकाले आन्तरिक स्रोतबाट व्यवस्था हुने गरी बाल विकासका सहजकर्ता र विद्यालयका कर्मचारीलाई तलबको व्यवस्था गरेको अवस्थामा सर्केगार्डले उक्त व्यवस्था नगरेकाले दबाब दिन कठोर कदम चाल्नुपरेको यस्तै दुधकण्ड प्रावि रोडिकोटका बाल विकासका सहजकर्ता हाँसबहादुर छत्यालले बताउनुभयो ।
सर्केगार्ड गाउँपालिकामा ३२ वटा विद्यालय छन् । यसमा चार वटा मावि र २८ वटा प्राथमिक तथा आधारभूत विद्यालय छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।