बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी, २१ घर जलेर नष्ट


  • मंगलबार, कार्तिक ३० २०७८
8.3K
SHARES

फाइल तस्विर

मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । गए राति साढे १२ बजेदेखि आगो लाग्दा २१ घर जलेर पूर्ण नष्ट प्रहरीले जानकारी दिएको छ। अहिले आगोलाई फैलनबाट रोके पनि पुरै आगो भने नियन्त्रणमा आइनसकेकाे  प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले  जानकारी दिए ।

गमगढी बजारका घरहरु काठैकाठले बनेका र एकअर्कासँग जोडिएकाले आगो नियन्त्रणमा लिन कठिन भएको थियो । आगो निभाउने क्रममा गोरख मल्लको एउटा कच्ची घर भत्काइएको छ ।

उनले भने,´ आगलागीबाट धेरै नोक्सानी भएको अनुमान छ मानवीय क्षति भने भएको छैन।` अहिले सेना, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने काम भइरहेको उनको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा