नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता मोहनबहादुर बस्नेतले बरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो समुहमा साझा सभापतिको उम्मेद्वार बन्न नसके माहधिवेशन भड्न सक्कने भन्दै पार्टी सभापति शेर बहादुर देउवालाई सचेत गराएका छन् । पौडेलका कारण फेरि पनि महाधिवेशन भाँडिन सक्ने भन्दै त्यसतर्फ सचेत हुन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
हिजो बसेको केन्द्रीय समितिको बैठकमा आफ्नो भनाई राख्ने क्रममा नेता बस्नेतले बरिष्ठ नेता पौडेल आफ्नु समुहको साझा उम्मेद्वार बन्न नसके भाडभैलो गर्ने उनको संकेत थियो ।
बस्नेतले महाधिवेशनमा जितेको सभापतिलाई पाँच वर्षसम्म सही ढंगले काम गर्न नदिएको र भाग खोजेको सधैं रडाको मच्चाउने काम वरिष्ठ नेता पौडेलबाट भएको गुनासो पोखेका थिए ।
उनले अहिले पनि १४औं महाधिवेशन समयमै हुन नदिनको लागि पौडेलले भाँडभैलो गर्नसक्ने भन्दै सचेत भएर अघि बढ्न सभापति देउवालाई आग्रह गरे । नेता बस्नेत सुरुदेखि नै पौडेलसँग असन्तुष्ट छन् । उनले सार्वजनिक फोरममा पनि पौडेलको नाम नै लिएर आक्रोश पोख्ने गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।