बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

हरिबोधिनी एकादशी : आजको दिन तुलसीको पूजा गर्नाले सबै दुर्भाग्य हटेर जने विश्वास


  • सोमबार, कार्तिक २९ २०७८
10.9K
SHARES

फाइल तस्विर

हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भन्ने गरिन्छ ।

हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु कात्तिक शुक्ल एकादशीका दिन उठ्नुभएको कुरा पुराणहरूमा उल्लेख गरिएको छ।

यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ । भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा यस दिन गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ। यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने बताइन्छ ।

तुलसी शुद्धता तथा पवित्रताको रुपमा परिचित छ। यसका अनेकौ औषधीय गुणहरुले पनि तुलसी हिन्दु तथा अन्य धर्मावलम्भीहरु माझ परिचित छ। हिन्दुग्रन्थहरुमा तुलसीलाइ देवी लक्ष्मीको अवतार भनेर विश्वास गरिन्छ । कतिपय हिन्दु अनुयायीहरुमा तुलसीको मन्जरी अति आवश्यक मानिन्छ । खाना खानु अघि मन्जरीलाई खानामा हाली भगवानलाई भोग लगाउने चलन छ।

प्रत्येक वर्ष शुक्लपक्षको एघारौं दिनमा हिन्दु धर्माल्वाम्भीहरुले तुलसीको विवाह भव्यताकासाथ मनाउने चलन छ जसलाई हरिवोधनी वा प्रबोधिनी एकादशी भनिन्छ ।

तुलसी विवाहको फाइदा:-
१) तुलसी विवाह पूजाले परिवारमा भइरहेका कुनै पनि अवरोध र दुर्भाग्यहरूलाई हटाउन सहयोग गर्दछ।
२)अविवाहित महिलाहरुले राम्रो वर पाउने योग बन्ने गर्छ ।
३) तुलसीको कन्यादान गर्दा निसन्तान दम्पतीहरुले विशेष आशिष् पाउने गर्छन ।
४) तुलसी विवाह पूजाले घरमा खुशी समृद्धि र धन ल्याउने गर्दछ।
५) पूजा गर्नाले अविवाहित व्यक्तिहरूको लागि विवाहको सम्भावना बढ्ने गर्दछ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा