आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

सर्वोच्चको रडाकोबारे कानुनमन्त्रीले बल्ल खोले मुख, कसलाई के भने ?


  • आइतबार, कार्तिक २८ २०७८
8.9K
SHARES

फाइल तस्विर

काठमाडौं । सर्वोच्चको रडाकोबारे कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले मुख खोलेका छन् । उनले न्यायालय विवादित बन्दा सेवाग्राही न्याय पाउनबाट बन्चित भएकोप्रति सरकार गम्भिर भएको बताएका हुन ।

विहीबार कानुन मन्त्रालयमै पुगेका महान्यायाधिवक्ता खम्म बहादुर खाती, नेपाल बार एशिसिएसनका पूर्व अध्यक्ष प्रेमबहादुर खड्का, वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, राधेश्याम अधिकारी र हरिहर दाहाल लगायतसँगको भेटवार्तामा मन्त्री बडुले लामो समयदेखी सर्वोच्चको सेवा प्रभावित भएका कारण सेवाग्राहीले न्याय नपाएकोप्रति सरकार गम्भीर भएको बताएका हुन ।

उनले न्यायालयको विवादलाई निकास दिन सर्वोच्च अदालत र नेपाल बार एशोसिएसनले एक आपसमा छलफल गर्नुपर्ने पनि उल्लेख गरेका छन ।

न्यायापालिका र कार्यपालिकाको बारे संविधानमा नै स्पष्ट उल्लेख भएको बताउँदै मन्त्री बडुले संविधानबाहिर गएर न्यायालयको विवादमा सरकारले हस्तक्षेपकारी भुमिका निभाउन नमिल्ने पनि बताए ।

भेटमा कानुन ब्यबसायीहरुले अहिले सर्वोच्च अदालतमा देखिएको समस्याका बारेमा मन्त्री बडुलाई जानकारी गराएका थिए।

जवाफमा मन्त्री बडुले न्यायालय सबैको आस्थाको केन्द्र भएकाले अहिलेको समस्याको निराकरणका लागि पनि सरोकारवाला संघ, संस्था र प्रधानन्यायाधीश स्वयंले अग्रसरता लिनुपर्ने स्पष्ट पारेका छन । उनले सरकार संविधान अनुसारनै अगाडि बढने पनि स्पष्ट पारेका छन।

लामो समयसम्म देशकै सर्वोच्च निकाय न्यायालय कै सेवा अवरुद्ध हुनुलाई सरकारले गम्भिर रुपमा हेरेको पनि मन्त्री बडुले उल्लेख गरेका छन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा