मुस्ताङमा हिउँ पहिरो जाँदा एक घर भत्केको छ भने ९ जना घाइते छन्।
हिउँ पहिरो आएको देखेपछि भाग्दा एक जना शिक्षकसहित ८ जना विद्यार्थी घाइते छन्। रत्नदेवी तुलाचनको घर भत्किएको छ।
सदरमुकामसँगै जोडिएको थासाङ गाउँपालिका वडा नम्बर २ को माथिल्लो थाप्लामा आज बिहान ११ बजेर ४० मिनेटमा हिउँ पहिरो गएको हो।
हावाहुरी र हिउँ पहिरो आएको देखेपछि जनआदर्श अमरसिंह माविका शिक्षक तथा विद्यार्थी भाग्दा लडेर घाइते भएका हुन्।
‘एक शिक्षक र ८ विद्यार्थी सामान्य घाइते छन्। उनीहरूलाई उपचारका लागि मुस्ताङ लैजाने तयारी छ,’ प्रहरी नायब उपरीक्षक रामकुमार दानीले भने।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।