जनजाति नेता आङकाजी शेर्पाले आगामी जनगणनामा हिन्दुहरूको सङ्ख्या बढ्यो भने तथ्यांक विभागमा आगो बाल्ने चेतावनी दिएका छन् ।
अहिलेका सबै गणकहरू हिन्दु बादी भएको भन्दै हिन्दु बादी गणकले गणना गरेको तथ्यांक मिथ्याङक हुने बताएका छन् ।
८० हजार गणकमा १५ हजार पनि गणक धर्मनिरपेक्ष पक्षधर छैनन् ।
बाँकी कमल थापा र ज्ञानेन्द्रको हन्डी खाने र भारतको योगी आदित्यनाथको हन्डी खाएर उनीहरूलाई प्रशिक्षण दिएर जसरी भए पनि हिन्दु लेख्नु भनेको छ ।
’ अबको जनगणनाले ८६ प्रतिशत हिन्दुको जनसंख्या कायम राख्यो भने सबैले हातमा आगोको मुस्लो लिने र चारै दिशाबाट तथ्याङ्क विभाग जलाउनुको विकल्प आफूहरूसँग नभएको उनको चेतावनी छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।