नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे नभएको हल्ला फैलिएको छ । प्रचण्ड बिरामी भएपछि स्थगित भएको कार्यक्रमलाई लिएर कतिपयले दुष्प्रचार गर्न खोजेको स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले बताएका हुन् ।
अध्यक्ष प्रचण्ड जनकपुरमा आएर माछा भोजन गरेर फर्किएको भन्ने हल्ला हुन थालेपछि नेता पोखरेलले उनीहरूलाई लक्षित गर्दै यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्ड महोत्तरीको रामगोपालपुर आएर स्वास्थ्य चौकी उद्घाटन गर्नेदेखि आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।
दुष्प्रचारलाई चिर्दै उच्च मनोबलसहित काममा जुट्न महोत्तरीका नेतालाई उनले आग्रह गरेका छन् । अध्यक्ष प्रचण्डको स्वास्थ्यमा समस्या आई कार्यक्रम स्थगित भएपछि तत्काल बैठक बसी अध्यक्ष प्रचण्डकै प्रमुख आतिथ्यतामा यथाशक्य कार्यक्रम गर्ने सहमति भएको उनले बताए ।
यता स्वास्थ्यमा समस्या देखिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु अस्पताल भर्ना भएका छन्। एक्कासि रक्तचाप उच्च भएपछि उनी शनिबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका थिए।
डोल्पालगायत विभिन्न जिल्लाको भ्रमण गरेका दाहाललाई काठमाडौं फर्केपछि धपेडिका कारण स्वास्थ्यमा समस्या देखिएको प्रचण्डको सचिवालयले जनाएको छ। प्रचण्ड पुत्री गंगा दाहालले केही घण्टाको आरामपछि उनलाई आज डिस्चार्ज गरिने बताएकी छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।