नेपाल स्कुल अफ इन्टरप्रेरनसिपको पहलमा ४० लाख नेपाली रकम बराबरको ४० वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुगेको छ । उक्त समाग्री इन्टरनेसनल बुद्धिष्ट कन्फेरेडेशन मलेसिया र क्येर विथ प्रेयरको तर्फबाट प्राप्त भएको हो । उक्त समाग्री बागमती प्रदेशको बुढानिलकण्ठ नगरपालिका तथा टोखा नगरापलिका भित्र पर्ने स्वास्थ संस्थाहरु सहित प्रदेश नं १ मा पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताललाई हस्तान्तर गर्ने योजना रहेको नेपाल स्कुल अफ इन्टरप्रेन्युअरसिपका जनस्वास्थ तथा मुल्याकंन विज्ञ डा.प्रणय शम्सेर राणाले बताउनु भएको छ ।

कोभिड कहरका बेला मानिसहरु अक्सिजनको अभावमा समेत मृत्युवरण गर्नु परेको कारुणीक दृष्यहरु आफनै आँखा अगाडी देखेको हुँदा आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्ने योजना अनुरुप उक्त समाग्रीहरु नेपाल ल्याउन पहल गरिए अनुरुप सो समाग्री नेपाल आइपुगेको राणाले बताउनु भयो ।
डा.राणा सहितको समुहले कोभिड कहरको दोस्रो लहरमा गणेशमान सिंह फाउण्डेशन, विपि प्रतिष्ठान मोरङ तथा काठमाडौं क्षेत्र नं ४ मा सञ्चालित अैचौपैचो कार्यक्रम संगको सहकार्यमा करिब १०० परिवारलाई टेलिफोन कोभिड कन्सलटेसनका माध्यमबाट सेवा प्रदान गर्नु भएको थियो । विरामीको रेखदेख देखी अत्यावश्यक सेवाका लागि समेत विभिन्न प्रकारको प्रयास सञ्चालन गरिरहेका राणा नेपालको स्वास्थ क्षेत्रमा धेरै नै कार्य गर्नुपर्ने भएको हुँदा आफ्नो प्रयास सदैव जारी रहने समेत बताएका छन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।