कानुन व्यवसायीहरुको अवरोध छल्दै कार्यकक्ष पुग्नुभएका पधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ८ इजलास तोक्नुभएको छ ।
आजका लागि भने उहाँले आफूलाई इजलासमा राख्नु भएको छैन । यसअघिका दिनमा पनि उहाँले इजलास तोक्दै आउनु भएको थियो । तर कुनैपनि मुद्धा हेरिएको छैन ।
कानुन व्यावसायीहरुको आन्दोलनका कारण कोही पनि न्यायाधीश इजलासमा बसेका छैनन् । बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दामात्रै हेर्ने बताएका न्यायाधीशहरुले पछिल्लो समय मुद्धा नै हेरिरहेका छैनन् । आजको इजलासमा प्रधानन्यायाधीश जबराले सबै प्रकारको मुद्धामा इजलास तोक्नुभएको बताइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।