शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

कोपा अमेरिकाः चिली र अर्जेन्टिना तेस्रो स्थानका आज भिड्दै


  • शनिबार, असार २१ २०७६
26.7K
SHARES

कोपा अमेरिकाको तेस्रो स्थानका लागि साविक विजेता चिली र अर्जेन्टिना आज भिड्दैछन् । पछिल्लो दुवै संस्करणको फाइनलमा खेलेका यी दुई टोली यसपटक तेश्रो स्थानका लागि खेल्दै छन् ।

अर्जेन्टिना सेमिफाइनलमा ब्राजिलसँग २-० ले पराजित भएको थियो भने चिलीलाई पेरुले ३-० को अन्तरले हराएको थियो । समूह चरणमा राम्रो प्रदर्शन गरेको चिलीले सेमिफाइनलमा भने अपेक्षित प्रदर्शन गर्न सकेन । यता अर्जेन्टिना भने प्रतियोगिता अवधिभर संघर्ष गरिरह्यो । तेस्रो स्थानको खेलमा जित दर्ता गर्दै दुवै टोली सुखद अन्त्य गर्ने प्रयासमा रहनेछन् ।

दुवै टोलीले दोस्रो रोजाइमा रहेका केहि खेलाडीलाई मैदानमा उतार्ने सम्भावना रहेको छ । अर्जेन्टिनाले प्रतियोगिता अवधिभर खासै मौका नपाएका फवार्ड पाउलो डिबालालाई खेलाउने सम्भावना रहेको छ । यस्तै मिडफिल्डमा पनि व्यापक परिवर्तन हुने अपेक्षा गरिएको छ । चिलीले आफ्नो मुख्य खेलाडीलाई विश्राम दिन सक्छ ।

अर्जेन्टिनाले पछिल्लो दुवै फाइनलमा चिलीसँग टाइब्रेकरमा पराजित भएको थियो । लगातार तेस्रो उपाधि जित्ने सपना तुहिएपछि चिलीले तेस्रो स्थानलाई लक्ष्य बनाएको छ ।

खेल नेपाली समय अनुसार शनिबार (आज) राति १२ः४५ बजेबाट सुरु हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा