शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विप्लव आन्दोलनमा, कात्तिक ३० गते नेपाल बन्द घोषणा !


  • बिहिबार, कार्तिक २५ २०७८
8.5K
SHARES

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमाआन्दोलन घोषणा गरेको छ ।

नेकपा महासचिव विप्लवले बिहीवार वक्तव्य जारी गर्दै आन्दोलन घोषणा भएको बारे जानकारी दिएका छन् ।

‘जनस्तरमा पेट्रोलियम भइरहेको विरोधभइरहेका बेला नेकपाले पनि आन्दोलनको घोष्णा गरेको हो । जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा नेपाल सरकारले निरन्तर मूल्यवृद्धि गर्दै आएको छ र यसप्रकारको सरकारी दोहनलाई जनताले निरीहतापूर्वक पालना गर्नुपर्ने बाध्यता जस्तै बनेको तथ्य हाम्रो सामु छ,’ विप्लवले जारी गरेको वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा सबै कर कट्टा गर्दा पनि मुनाफा सहित पेट्रोल रु. ७० मा बिक्री गर्न सकिने दाबी गर्दै ‘दैनिक रुपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ ?’ भन्दै प्रश्न गरिएको छ।

कात्तिक २५ गतेदेखि शुरू हुने आन्दोलन अन्तर्गत कात्तिक ३० गते नेपाल बन्द घोषणा गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा