शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एमसीसीको विषयमा मौन रहेका नेता बामदेवले एकाएक मुख खोल्दै के सम्म भने…


  • बुधबार, कार्तिक २४ २०७८
10.5K
SHARES

फाइल तस्विर

सबै कम्युनिस्ट एक ठाउँमा हुनु पर्छ भन्दै नेकपा एकता राष्ट्रिय अभियान चलाएका नेता बामदेव गौतमले एमसीसी अमेरिकाले फिर्ता लिनु पर्छ भन्ने अभिव्यक्ति दिएका छन् ।

गौतमले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता लिन अमेरिकालाई आग्रह गरेका छन् ।

एमसीसी सम्झौता अहिले संसदबाट पारित हुने अवस्था नदेखिएको भन्दै गौतमले फिर्ता लिन अमेरिकालाई आग्रह गरेका हुन् । नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद रहेको छ, नेपाल सरकारले र संसदले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न’ गौतमले बुधबार विज्ञप्तिमार्फत भनेका छन्, ‘यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’

नेपालको अवस्था मध्यनजर गरेर एकपक्षीय रुपमा भए पनि एमसीसी परियोजना फिर्ता लिन गौतमले अमेरिकी सरकारलाई आग्रह गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा