शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

मेसीले यस वर्षको बालोन डी’ओर जितेकै हुन् त ? फ्रान्स फुटबल के भन्छ ?


  • बुधबार, कार्तिक २४ २०७८
13.3K
SHARES

फाईल तस्बिर

एजेन्सी । केही दिनअघि सामाजिक सञ्जालमा वर्ष २०२१ को बालोन डी’ओर लियोनल मेसीले जितेको भनी एक फोटो निके भाइरल गराइयो।

त्यसपछि पोर्चुगलको एक टेलिभिजनले अवार्ड विजेता फ्रान्स फुटबलले मेसीलाई यसबारेमा जानकारी गराइरहेको दाबी गरेको थियो।टेलिभिजनको दाबीले यति धेरै हल्लाखल्ला भयो कि आधिकारिक वितरकले यसबारेमा जानकारी गराउनै पर्ने स्थिति आयो। यसका निर्देशक पास्कल फेरेले नतिजा लिक भएको भनिएको कुरा हल्ला मात्र भएको जानकारी दिएका छन्।‘यो एकदमै बकवास कुरा हो। हामीले वितेका १० वर्षदेखि यस्तो अफवाह फैलिएको देख्दै आएका छौं,’ बिल्डसँग उनले भने।

वर्षको उत्कृष्ट खेलाडीलाई दिइने यो सबैभन्दा प्रतिष्ठित अवार्ड हो। यस वर्ष मेसीसँगै रोबर्ट लेवान्डोस्की, क्रिस्टियानो रोनाल्डो, करिम बेन्जेमा र जर्जिन्होलाई अवार्डको दाबेदार मानिएको छ।

यीमध्ये पनि मेसी र लेवान्डोस्कीले बालोन डी’आर जित्ने सम्भावना बढी रहेको विभिन्न सर्वेक्षणहरुले देखाएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा