बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

ओलीले १० बुँदेलाई वास्तै नगरेपछि उपाध्यक्ष भीम रावल तनावमा, के छोड्लान त पार्टी ?


  • बुधबार, कार्तिक २४ २०७८
10.6K
SHARES

तस्विरः फाइल

एमाले उपाध्यक्ष भिम रावल दश बुधे सम्झौता गरेर एमालेमा अडिएका नेता हुन । तर एमाले अध्यक्ष केपी ओलीले दश बुधे समझदारीलाई बेवास्ता गरेपछी रावल रुष्ट बन्दै आएका छन् । तत्कालिन नेकपामा माधव नेपाल खेमामा रहेका उपाध्यक्ष रावलले एमाले अध्यक्ष ओलीको चर्को आलोचना गर्ने गर्थे ।

नेकपा एमालेभित्र फरक मत राख्दै आएका उपाध्यक्ष भीम रावलले हिजोभ मंगलबार हुने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र कार्यान्वयनका लागि जारी अपानि मा समेत रावलले असहमति जनाएका छन् ।

मंगलबार बिहान उपाध्यक्ष रावलले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई कथित र गुटबन्दीको नमूना भनेका छन् ।

उपाध्यक्ष रावलले भनेका छन्, ‘मंगलवार हुने भनिएको कथित सु।प। प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ ।

यो गुबन्दीको नमूना हो । यो बैठक र यसका निर्णयहरु अवैध र अमान्य छन् । अपानि १२ झापामा लागू हुने, सुपमा लागू नहुने किन ? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि ?

रावलको फरक मतलाई एमालेमा अर्थपुर्ण रुपमा हेरीएको छ । एसैगरी एमाले अध्यक्ष ओलीले रावल पक्षलाई पेलेर अगाडि बढ्नेहो भने रावल एमालेमा टिक्न नसक्ने समेत स्रोतको दाबी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा