कोहलपुरबाट सौराहा आउँदै गरेको बस नारायणगढको सडक छेउमा खसेको छ ।
सौराहा घुम्ने यात्रु बोकेको भे२ख २८३६ नम्बरको रिजर्भ बस आज बुधबार बिहान करिब साढे ८ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ लायन्सचोक छेउमा खसेको हो ।
बसका चालकसहित बसमा सवार ४६ जना यात्रु सामान्य घाइते भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टले जानकारी दिए ।
‘यात्रु सामान्य घाइते छन् । चार/पाँच जना यात्रु त आफूखुसी उपचार गर्न जानुभएछ । बसभित्रबाट प्रहरीले उद्दार गरेका ४० जनाको अवस्था पनि सामान्य छ’, उनले भने, ‘चालकसँग सोधपुछ गरेका छौँ । चालक पनि सामान्य घाइते छन् । उनलाई च्यापिएको अवस्थामा प्रहरीले उद्दार गरेको हो ।’
बसका चालक रमेशकुमार कर्णले मापसे गरेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।