१४ मंसिरभित्र आवेदन दिइसक्नुपर्ने गरी लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी प्राविधिक र स्वास्थ्य सेवा आठौं, सातौं मा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।
आयोगले आज बुधबार गोरखापत्रमा सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगिताका लागि विज्ञापन आह्वान गरेको हो ।
तृतीय श्रेणी प्राविधिकमा १६३ जनाका लागि विज्ञापन आह्वान भएको छ भने संघीय संसद सेवा प्राविधिकका लागि ७ सिट छुट्याइएको छ । यसैगरी, स्वास्थ्य सेवा आठौँ तहका लागि ४२ र स्वास्थ्य सेवा सातौँ तहका लागि ५६ जना माग गरिएको छ ।
पुरा विज्ञापनको जानकारीको लागि आजको गोरखापत्र हेर्न सक्नुहुनेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।