हरेक वर्ष सर्वोत्कृष्ट खेलाडीलाई दिइने ‘आईएफएफएचएस बेस्ट प्लेयर अवार्ड’का लागि मनोनयन घोषणा भएको छ । आयोजक ‘द इन्टरनेसनल फेडेरेरसन अफ् फुटबल हिस्टोरी एन्ड स्टाटिस्टिक्स’ ९आईएफएफएचएस० ले हिजो जम्मा ३३ जना खेलाडीलाई समावेश गर्दै मनोनयन सार्वजनिक गरेको हो । यो अवार्ड सन् २००६ सालदेखि हरेक वर्ष दिइँदै आएको छ ।यो अवार्ड वर्षभरि खेलाडीले गरेको प्रदर्शन, टिमको सफलता, खेलाडीको व्यक्तिगत सफलता, तथ्यांक र व्यक्तित्व समेतलाई आधार मानेर घोषणा गर्ने गरिन्छ । यो अवार्ड यस वर्ष नोभेम्बर महिनाको अन्तिममा घोषणा हुनेछ ।
हाल फ्रेन्च क्लब पिएसजीमा रहेका अर्जेन्टिनाका फरवार्ड लिओनल मेस्सीले गत वर्ष २०११–२०२० सम्मका लागि ‘दशककै सर्वोत्कृष्ट प्लेमकेर खेलाडी’को अवार्ड जितेका थिए भने दशककै सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट गोलकर्ताको अवार्ड भने इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले जितेका थिए ।
यस वर्ष मेस्सीले अर्जेन्टिनाबाट कोपा अमेरिका उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेकाले वर्षको बेस्ट खेलाडीका लागि उनलाई एक मुख्य दाबेदार मानिएको छ । साथमा, जर्मन क्लब बार्यन म्युनिख तथा पोल्यान्डका फरवार्ड रोवर्ट लेवान्डोस्की र इंग्लिस क्लब चेल्सी तथा इटालीका मिडफिल्डर जर्जिन्हो पनि वर्षको बेस्ट खेलाडीको अवार्डका लागि मनोनयनमा परेका छन् ।
वर्षको बेस्ट खेलाडीको अवार्डका लागि घोषित मनोयनन सूची यस्तो छ:
1. Lionel Messi (Argentina, Barcelona/PSG)
2. Robert Lewandowski (Poland, FC Bayern München)
3. Jorginho (Italy, Chelsea FC)
4. Kevin De Bruyne (Belgium, Manchester City FC)
5. N’Golo Kanté (France, Chelsea FC)
6. Kylian Mbappé (France, PSG)
7. Leonardo Bonucci (Italy, Juventus)
8. Raheem Sterling (England, Manchester City FC)
9. Cristiano Ronaldo (Portugal, Juventus/Manchester United FC)
10. Erling Haaland (Norway, Borussia Dortmund)
11. Karim Benzema (France, Real Madrid CF)
12. Gianluigi Donnarumma (Italy,AC Milan , Paris SG)
13. Rodrigo De Paul (Argentina, FC Porto)
14. Neymar (Brazil, PSG)
15. Casemiro (Brazil, Real Madrid CF)
16. Marquinhos (Brazil, PSG)
17. Gabriel Barbosa (Brazil, Flamengo)
18. Luis Díaz (Colombia, FC Porto )
19. Akram Afif (Qatar/Al Saad SC)
20. Sardar Azmoun (Iran/Zenith)
21. Mehdi Taremi (Iran/FC Porto)
22. Son Heung Min (South Korea/Tottenham)
23. Ali Mabkhout (UAE/Al Jazira)
24. Achraf Hakimi (Morocco/Paris SG)
25. Sadio Mane (Senegal/Liverpool FC)
26. Kalidou Koulibaly (Senegal/Napoli SSC)
27. Riyadh Mahrez (Algeria/Manchester City FC)
28. Mohamed Salah (Egypt/Liverpool FC)
29. Alphonso Davies (Canada/FC Bayern München)
30. Winston Mc Kennie (USA/Juve)
31. Giovanni Reyna (USA/Borussia Dortmund)
32. Raul Jimenez (Mexico/Wolverhampton)
33. Hector Herrera (Mexico/Atletico Madrid)